STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विमला ढुंगना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ माघ २७, मंगलबार

साहित्यकार विमला ढुंगना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ सोमबार लोकार्पण गरिएको छ ।  काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रमुख अतिथि स्रष्टा समाजका अध्यक्ष  साहित्यकार श्रीओम ‘रोदन’, लगायत कार्यक्रमका सभापति कृष्ण भुसाल, समिक्षक प्राडा.यज्ञश्वर निरौला, कृतिकार निरौला, साहित्यकार प्रमोद प्रधान, कृतिका सम्पादक रमेश दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायत मञ्चासिन व्यक्तित्व र अग्रभागमा रहनुभएका सम्पूर्ण व्यक्तित्वले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।

स्रष्टा विमलाले आफूले बाल साहित्यमा अलिक धेरै कलम चलाउँदै आए पनि सबै विधामा कलम चलाइरहेको बताउँदै पछिल्लो कृति ‘प्रेमाश्रु’ले पाठकको मन जित्नेमा आशावादी रहेको बताउनुभयो । कार्यक्रमका सभापति कृष्ण भुसलाले ‘प्रेमाश्रु’मा धेरै कथामा प्रेमलाई प्राथमिकता दिएर लेखिएको बताउँदै प्रेम दिवसमा पाठकमाझ आएको बताउनुभयो । उहाँले मिलापले गर्दै आएका कार्यको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा डा.बुनु दाहाल, लक्ष्मण सिटौला, उर्मिला ढुंगाना सुवेदी, ललिता दोषी, रेनुका भट्टराई, जनक रावल, शैलेन्द्र चापागाईं, सानुकाजी श्रेष्ठ, तुलसी गिरी, भोला अधिकारी रश्मि रिजाल, माधव ढुंगाना, प्रज्ञा ढुंगाना, विनिता देवकोटा, शारदा पन्त, कमला पन्थी अधिकारी, शोभा ढुंगाना, मिनु पोखरेल, राजकुमार खड्का, आयुसा पौडेल, रुकमिणा घिमिरे, सिर्जना अर्याल, सुभद्रा चन्द, अमृता स्मृति, सावित्रा पुडासैनी, सुरेन्द्र थापालगायत साहित्य क्षेत्रका विशिष्ठ व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।

किशोर गौतमको वर्णविन्यास रहेको २०० पृष्ठको यस कृतिको  प्रकाशनमिलाप पब्लिकेशनले  र ई.प्रेस प्रालि. मुद्रण रहेको  छ भने  मूल्य ४५० रुपैयाँ राखिएको छ । 

यसमा महाकाव्यकार खेमनाथ दाहालको ‘प्रेमाश्रुमा डुबेपछि’ भूमिका समावेश छ भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा र भागीरथी श्रेष्ठको शुभकामना साथै स्रष्टा निरौलाको लेखकीय समाविष्ट छ । ‘प्रस्तुत कृत समसामयिक घटनालाई विषयवस्तु बनाएर सरल भाषामा लेखिएको एक मार्मिक र भावपूर्ण कृति हो । यस कृतिका कथाहरू पढ्दै गर्दा कृतिकार मिला निरौलाले जीवनको लामो अन्तरालमा देखेका भोगेका र अनुभूत गरेका कुरालाई नै कथाका रूपमा प्रकट गरेको आभास हुन्छ’, महाकाव्यकार खेमनाथ दाहालले आफ्नो भूमिकामा भन्नुभएको छ ।। विगत लामो समयदेखि भर्जिनिया, अमेरिकामा बस्दै आउनुभएकी निरौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को निर्वतमान महासचिव हुनुहुन्छ । विभिन्न मानसम्मान र पुरस्कारबाट विभूषित उहाँ अन्य सामाजिक संघसंस्थामा पनि रहेर कुशल कार्य सम्पादन गर्दै आउनुभएको छ ।

तस्वीर : सुरेन्द्र थापा

Categorized in साहित्य-कला