विमानस्थलमा तोडफोड
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २७, सोमबार
यसका साथै सांसद साहले विशिष्ठ कक्षभित्र रहेको सिसाको टेबलसमेत तोडफोड गरेको बताइएको छ । “सांसद साहले बुद्ध एयरको काउन्टरमा बबाल गर्नुभयो, विशिष्ठ कक्षको टेबल सीसाको ग्लास फुटालेको हामीलाई जानकारी आयो”, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले भन्नुभयो, “त्यसलगत्तै प्रहरी नायब उपरीक्षक कमाण्डमा अनुसन्धान टोली पठायौँ । अवरोध गरेकाले कानूनी कारवाही गर्ने तयारी थियो । तर बुद्ध एयरले सांसद भएको भन्दै कारवाही नगर्न आग्रह गरेपछि उहाँलाई यात्रा अनुमति दिइएको छ ।”
यात्रा अनुमति दिइए पनि साहले गरेका व्यवहारबारे सत्यतथ्य बुझेर के गर्नेबारे निक्र्यौलमा पुगिने प्रमुख जिल्ला अधिकारी कँणेलले बताउनुभयो । सांसद साहले बुद्ध एयरसमक्ष आत्मालोचना गरेको जानकारी दिनुभएको छ ।
“जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने ६५ वर्षीय सौखीलाल चौधरी किड्नीका बिरामी थिए । उहाँलाई दिउँसो २ बजेसम्ममा चिकित्सक कहाँ पुगेर जाँच गराउनुपर्ने थियो । तर विमान आउन निकै ढिला भइरहेको थियो । त्यही आबेगमा आएपछि मैले तोडफोड गरेको हुँ”, सांसद साहले भन्नुभयो ।
बुद्ध एयरका व्यवस्थापन प्रमुख विजयकुमार सिंहले काठमाडौँ विमानस्थलकै प्राविधिक कारणले विमान ढिलाइ भएको स्पष्ट पार्नुभयो ।
“हामीले यो विषयमा यात्रुलाई जानकारी पनि गराएका थियौँ । तर सांसद साहले आक्रोशमा आएर बुद्ध एयरको काउन्टरमा तोडफोड गर्न थाल्नुभयो । हाम्रा कर्मचारीसँग दुव्र्यवहार पनि गर्नुभयो”, सिंहले भन्नुभयो । सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था केही समयका लागि तनावग्रस्त बनेको थियो ।
Categorized in अपराध-दुर्घटना


