STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्वकपमा नेपालका लागि ‘नाइट गेम’ र ‘पीच’ बाधक : कप्तान रोहित

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ ६, बिहिबार

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पीच असहज भएको बताएका छन्। 

नवौं संस्करणको टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ब्याटिङका लागि पीच असहज भएको र आफूहरुलाई ‘नाइट गेम’ खेल्ने बानी नपरेको अनुभव बाँडेका हुन्। 

उनले भने, ‘पहिलो गेममा पनि त्यतिकै कन्फिडेन्स नै थियो। हामीमा एक्सपेरियन्स भन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो। हरेक खेलमा राम्रो स्कोर कसैले गर्न सकिरहेका थिएनन्। हामीलाई नाइट गेमको बानी पनि थिएन। टी–२० खेलहरु राति मात्र हु्न्छन्। हामीले त्यसरी खेलेका थिएनौँ। नाइट गेमले महत्वपूर्ण रोल खेलेको जस्तो छ।’

दक्षिण अफ्रिकासँगको खेलमा भने ब्याटिङ युनिटको केही कमजोरी भएको उनले स्वीकारेका छन्। त्यस्तै कप्तान पौडेलले खेलाडीलाई इंगित गरि गाली नगरीदिन क्रिकेट समर्थकहरुलाई आग्रह गरे। 

आफ्नो यात्रा समूह चरणमै टुंग्याएको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो। दुई समूहमध्ये पहिलो समूह गएराति १ बजे नेपाल अवतरण गरेको हो भने अर्को समूह बिहान १० बजे आइपुगेको हो।  

Categorized in खेलकुद