STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्वकप छनौट खेल्ने नेपाली फुटबल टीमको घोषणा

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २०, आइतबार

काठमाडौं- फीफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ।

नेपालले फीफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन ६ मा यूएईविरुद्ध र जुन ११ मा यमनसँग खेल्ने तालिका छ। 

यूएई र यमनविरुद्ध खेल्ने नेपाली टोलीमा २३ खेलाडी छनौट गरिएको छ।

दोस्रो चरणमा समूह एचमा रहेको नेपालले अन्तिम दुई खेल साउदी अरेबियामा खेल्ने छ। दुवै खेल दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ। 

घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रङ्गशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि 'न्युट्रल भेन्यू' को रुपमा साउदी अरबमा खेल्न लागेको हो।

एएफसीले दशरथ रङ्गशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो। नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो।

यी दुई खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेका छन्। जसमा यस अघि टिममा नरहेका आयुष घलानले पुनरागमन गरेका छन् भने बसन्त जिम्बा र आशिकबाबु चौधरीले पहिलो पटक राष्ट्रिय टिममा अवसर पाएका छन्। त्यस्तै इन्जुरीका कारण अञ्जन विष्ट भने टिममा छैनन्।

नेपाली फुटबल टोली

गोलकिपरः किरण चेम्जोङ, अभिषेक बराल र विशाल सुनार।

डिफेन्डर: अनन्त तामाङ, अभिषेक लिम्बू, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ र सौभाग्य राई।

मिडफिल्डरः भरत खवास, लकेन लिम्बू, मनिष डाँगी, बसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा र आशिष राई।

फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट र आयुश घलान।

Categorized in खेलकुद