STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्व आदिबासी दिवसको अवसरमा चलचित्र र सांस्कृतिक कार्यक्रम सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण २१, शनिबार

अठ्ठाइसौं विश्व आदिबासी दिवसको अवसरमा नेपाल आदिबासी जनजाति चलचित्र महासंघ र राष्ट्रिय आदिबासी जनजाति महिला मञ्च (निफ) द्वारा आयोजित आदिबासी चलचित्र प्रदर्शनी तथा सांंस्कृतिक कार्यक्रममा प्रमूख अतिथीका रुपमा रहनु भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आदिबासी जनजातिको पहिचान आन्दोलन सफल बनाउन चलचित्र क्षेत्रको प्रभावकारी भूमिका रहेको बताउनुभएको छ । 

नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले एउटा चलचित्रमा समावेश हुने विषयवस्तु, संवाद र पात्रको नामले मानिसको सोच, सामाजिक व्यबहार र ठाउँको नाम समेत परिवर्तन भएका उदाहरणहरू भेटिएको बताउन हुँदै चलचित्र माइतिघर को अफिस रहेको कारणले सो ठाउँको नाउँ नै माइतिघर रहन गएको कुरा स्मरण गर्नु भयाे । 

नेपाल आदिबासी जनजाति महासंघ, संघीय परिषदका अध्यक्ष गेल्जे लामा शेर्पाले अबको आदिबासी आन्दोलन फरक, बहुआयमिक र अझ सशक्त हुने बताउनुभयो । सफल आन्दोलनको मानक सडक आन्दोलनलाई मात्रै मान्न नहुने चर्चा गर्नुहुँदै अध्यक्ष शेर्पाले अब चलचित्रकर्मी, संस्कृतिकर्मी, महिला, युवा, पत्रकार, प्राज्ञिक व्यक्ति र विभिन्न पेशा व्यवसायका व्यक्तिलाई अधिकारका निम्ति सक्रिय बनाइने बताउनुभयो ।  

त्यसैगरी, पुस्तान्तरणमा समुदायका महिलाको भूमिका अहम् हुने बताउँदै आदिवासी जनजाति महिला महासंघका महासचिव शान्ति देवान, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सुनी लामाले दिवसको नारा महिलामैत्री भएकोमा खुसी व्यक्त गर्नुभयो । 

कार्यक्रममा आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय उपाध्यक्ष अमरध्वज लामा, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का , नेपाल चलचित्र स़घका उपाध्यक्ष गोपालकाजी कायस्थ र नेवाः फिल्म सोसाइटीका अध्यक्ष विराजकाजी राजोपाध्याय लगायतले आदिबासी जनजाति समुदायको भाषा र विषयवस्तुमा बनेका चलचित्रको व्यावसायिकरणमा देखिएका समस्या र समाधानका बारेमा चर्चा गर्नुभयो ।

नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा नेवार , तामाङ, थामी, थारू, सुनुवार समुदायका कलाकारले सांंस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै गुरूङ भाषामा निर्मित सांस्कृतिक चलचित्र "मि न्होर्वे ट" प्रदर्शन गरिएको थियो ।

Categorized in सिनेमा