STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्व आदिबासी दिवसको अवसरमा जनजाति आयोगको तालिम

Janjati Khabar – विजयरत्न असंबरे | २०८० भाद्र ७, बिहिबार

विश्व आदिबासी दिवसको अवसरमा नेपाल सरकार आदिवासी जनजाति आयोगको आयोजनामा एक दिने "प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम” कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति चलचित्र महासंघको सह आयोजनामा सम्पन्न भएको सो तालिम कार्यक्रमको उदघाटन जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले गर्नु भएको थियो । उदघाटन समारोहमा आफ्नो मन्तव्य राख्ने क्रममा उहाँले आदिवासी जनजाति समुहका चलचित्रकर्मि र संघ संस्थाहरुले आर्थिक स्रोत जुटाउन यस्तो प्रस्तावना र प्रतिवेदन लेखन तालिम ज्यादै उपयोगी हुने राय व्यक्त गर्नु भयो ।

उदघाटन समारोहमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राइले स्वागत मन्तव्य राख्नु भएको थियो भने महासंघका निवर्तमान अध्यक्ष अमृत सुनवार, पूर्व अध्यक्ष प्रतिमाया पुन मगर र संस्थापक उपाध्यक्ष विजयरत्न तुलाधरले आदिवासी जनजाति मातृभाषी चलचित्र र प्रस्तावना तथा प्रतिवेदन लेखनबारेका विविध पक्षहरुको चर्चा गर्नु भएको थियो ।

मायालु तामाङ्ग मुख्य प्रशिक्षक रहेको सो तालिम कार्यक्रममा आदिवासी जनजाति मातृभाषी चलचित्रकर्मीहरु को संघ संस्थामा आबद्ध विभिन्न भाषाभाषिका ४० जना चलचिकर्मिहरुको सहभागीता रहेको थियो ।

Categorized in राष्ट्रिय