STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्व वातावरण दिवसका अवसरमा डस्टबिन वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

विश्व वातावरण दिवसका अवसरमा डिभिजन वन कार्यालयले शुक्लागण्डकी नगरपालिका–५ स्थित छ वटा टोल विकास संस्थालाई डस्टबिन वितरण गरेको छ । बेलचौतारामा आज आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, नगर प्रमुख किसान गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालगायतले प्रत्येक टोल विकास संस्थालाई पाँच÷पाँच वटा डस्टबिन वितरण गर्नुभयो । फोहर व्यवस्थापनका लागि सहयोग पु¥याउने उद्देश्यसहित टोल विकास संस्थालाई रु ३० हजार बराबरको डस्टबिन प्रदान गरिएको डिभिजन वन प्रमुख बरालले जानकारी दिनुभयो । सोही अवसरमा नमूना टोलमा अशोका र म्याङ्ग्यो स्टिकका ३६५ बिरुवा रोपण गरिएको थियो । प्रदेशसभा सदस्य कोइरालाले वातावरण संरक्षण गर्न नसकिए भयावह स्थिति उत्पन्न हुने भएकाले वातावरण संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । वातावरणीय सन्तुलन कायम गर्न पानीका मुहान संरक्षण र वनजङ्गल संरक्षण गर्ने नीति प्रदेश सरकारले लिएको उहाँले जानकारी गराउनुभयो । नगरप्रमुख गुरुङले सर्वश्रेष्ठ भनिएका मानिसबाट नै वातावरण विनाशको काम भएकाले वातावरण बचाउन नसकिए मानिसको आयुसमेत लामो नहुनेमा जोड दिनुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, नगर उपप्रमुख सविता रसाइलीलगायतले वातावरण संरक्षणका लागि सबैको साझा प्रयास आवश्यक भएकोमा जोड दिनुभयो ।
Categorized in राष्ट्रिय