STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विषादीयुक्त खानेकुराका सम्बन्धमा सचेतना

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १७, शुक्रबार

विषादीयुक्त खानेकुराको असर र यसको निराकरणका सम्बन्धमा विषयमा आज यहाँ सचेतना कार्यक्रम आयोजना गरिएको छ । क्षेत्री समाज पोखरा–१६ द्वारा ग्रिन नेपाल र सत्यनाम अस्पतालको सहयोगमा बाटुलेचोरका गृहिणीलाई लक्ष गरी सो कार्यक्रम आयोजना गरिएको हो । मिसावटयुक्त खाना विषादी हालिएका खानाका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यस्ता खानेकुराबाट आपूmलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे जानकारी गराइएको थियो । उक्त समाजका केन्द्रीय सल्लाहकार उदयबहादुर बस्नेतले समयको बदलिँदो परिवेशमा जनस्वास्थ्यका विषयमा सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो । उक्त समाजका गण्डकी प्रदेश अध्यक्ष एवम् कृषिविज्ञ वेनीबहादुर बस्नेतले विषादीयुक्त खानेकुराले मानव स्वास्थ्य मात्र नभई प्रकृतिमै पनि असर पार्ने भएकाले यसको निराकरण हुनु आवश्यक रहेको बताउनुभयो ।
Categorized in राष्ट्रिय