STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विष्णुचन्द्र अभिनव पुरस्कार रामकुमारलाई

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १, आइतबार

यस वर्षको विष्णुचन्द्र अभिनव उत्कृष्ट गद्य कविता पुरस्कार साहित्यकार रामकुमार पण्डित क्षेत्रीलाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजको २०८औँ मासिक साहित्यिक शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा साहित्यकार कञ्चन पुडासैनीले नगद रु पाँच हजारसहित सम्मानपत्र उहाँलाई प्रदान गर्नुभयोे । 
सो पुरस्कार  मातापिताको संझनामा कञ्चनका भाइका भाइ श्रीकृष्ण पुडासैनीले स्थापना गर्नुभएको हो । 
कार्यक्रममा उक्त समाजका कार्यसमिति सदस्य प्रदीपरत्न शाक्यकी माता लक्ष्मीदेवीको संझनामा स्थलगत मुक्तक लेखन तथा वाचन प्रतियोगिताका साथै  विशेष कवि गोष्ठी पनि आयोजना गरिएको थियो । 
कवि गोष्ठीमा ६४  कवि तथा कवयत्रीले कविता वाचन गर्नुभएको थियो ।  रुपा रिसाल चालिसे, दिवाकर चालिसे, पुष्पा धमला, सिर्जना शर्मा र माधव विडारीका  कवितालाई उत्कृष्ट ठह¥याई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । 
 यसैगरी स्थलगत रुपमा मुक्तक लेखनमा सहभागी हुनेलाई साहित्यकार प्रदीपरत्न शाक्यले स्थापना गर्नुभएको लक्ष्मीदेवी अभिनव पुरस्कार प्रदान गरिएको थियो ।
सो प्रतियोगितामा सहभागीेमध्ये ऋचा, लुमन्ती चित्रकार, शाया मोक्तान, शारदा घिमिरे भैल र देवकी ढुङ्गाना निर्दोषीलाई क्रमशः प्रथम, द्वितीय, तृतीय र शान्त्वना घोषित गरी रु तीन हजार, रु दुई हजार, रु एक हजार, रु ५०० पुरस्कारका साथै सम्मानपत्र प्रदान गरिएको थियो ।   
Categorized in राष्ट्रिय