STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वीरगन्जको एक अपार्टमेन्टबाट २२ किलो सुन बरामद

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १, शनिबार

वीरगञ्ज – वीरगन्जको एक अपार्टमेन्टमा प्रहरीले छापा मारेर २२ किलो बढी सुन बरामद गरेको छ । 

पर्साको वीरगञ्ज महानगरपालिकाको गणेश अपार्टमेन्टमा दुई घण्टा लामो समय छापा मारेर प्रहरीले शनिबार २२ किलो सुन बरामद गरेको हो । 

सुन कसको हो खुलिसकेको छैन। सुनसँग कोही व्यक्ति पक्राउ परेका पनि छैनन्। 

निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा पहेंलो धातु बरामद भएको पर्सा प्रहरीले जनाएकाे छ ।

Categorized in अपराध-दुर्घटना