STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १३, शनिबार

वीरगन्ज – वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार सकिस्त बिरामी रहेका मनियारीका ३७ वर्षीय पुरुषलाई शुक्रबार राति ११ बजेर ४१ मिनेटमा थप उपचारका लागि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौं रिफर गरिएकोमा काठमाडौं लैजाँदै गर्दा शनिबार बिहान मुग्लिङनजिकै मृत्यु भएको थियो । त्यस्तै वीरगन्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको छ । हेपाटाइटीस बी र एचआईभी एड्सका बिरामी रहेका ती पुरुष शुक्रबार साँझ नेसनल मेडिकल कलेजबाट रिफर भएर कोरोना अस्पताल आएका उनले बताए । यसैगरी शुक्रबार साँझ साढे ५ बजेको समयमा वीगन्ज–१२ मुर्ली निवासी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचापको समस्याबाट पीडित ती महिलामा वाइड जिन एक्स्पर्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको डा. चौरसियाले जानकारी दिए ।
Categorized in राष्ट्रिय