वीर अस्पताल परिसरका अवैध संरचना हटाउँदै महानगर
Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ६, बिहिबार
काठमाडौँ - काठमाडोँ महानगरपालिकाले आज वीर अस्पताल परिसरका अवैध संरचनाहरु र औषधि पसल रहेका सटरहरू हटाउँदै छ । महानगर प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र ती टहरा र पसलहरु भत्काउन चेतावनी दिँदै माइकिङ गरेको थियो ।
त्यहाँ वर्षौँदेखि अवैध रूपमा बनाइएका टहरा सटरमा औषधि पसलहरु सञ्चालन गरिँदै आएको छ । वीर अस्पतालको नयाँ भवन रहेको उक्त परिसरमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख छ तर हालसम्म ती अवैध टहरा हटाइएको छैन ।
ती अवैध संरचना हटाउन महानगर प्रहरी र अधिकारीहरूकाे टाेली साे परिसरमा खटेकाे छ ।
Categorized in उपत्यका


