वैशाख २५ सम्म लकडाउन लम्बियो
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १४, आइतबार
काठमाडौं – कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउन वैशाख २५ गतेसम्म थप भएको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा लिन सफल भएको निष्कर्ष निकालेको थियो । कार्यदलले एक साताको लागि लकडाउन थप गर्न सिफारिस पनि गरेको थियो । सोही सिफारिस बमोजिम सरकारले १० दिन लकडाउन थप गरेको हो ।
चैत ११ गतेदेखि सरकारले लकडाउनको निर्णय गरेको थियो । यसअघि चारपटकसम्म सरकारले लकडाउनको समयावधि थप गरेको थियो । पछिल्लोपटक वैशाख १५ गतेसम्मको लागि लकडाउन जारी गरिएको थियो ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि लकडाउन राखिए पनि नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५२ पुगिसकेको छ ।
आजै पनि झापाको एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा झापाका ५० वर्षीय एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
Categorized in राष्ट्रिय