STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शंखधर साख्वाःको झण्डा फहराएर नेवार कलाकारहरुले न्हूदँ मनाउने

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक १७, सोमबार

काठमाडौं – नेवार कलाकारहरुले विविध कार्यक्रम गरी नेपाल संवत् ११४१ नववर्ष मनाउने भएका छन् ।

यसैक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाःको झण्डालाई सबै नेवार कलाकारहरुले आ–आफ्नो घरमा फहराएर मनाउन सहमति भएको छ ।

नेसं ११४० कौलागा १२ (कार्तिक २७ गते) बिहीबार शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले शंखधर साख्वाःको झण्डा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । झण्डा सार्वजनिक भएपछि नेवार कलाकारहरुले आ–आफ्ना घरमा पनि सो झण्डा फहराउनेछन् ।

यसैगरी नेवार कलाकार सबै जम्मा भई नववर्ष भव्य रुपमा मनाउने उद्देश्यले कार्तिक २८ गते शुक्रबार यल दरबार, शंखमुलमा शुभकामना आदान प्रदान कार्यक्रम पनि राखिएको छ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सुरक्षित एवं व्यवस्थित तवरले सो कार्यक्रम गरिने आयोजकका तर्फबाट सुरेन्द्र तुलाधरले जनाएका छन् ।

 

Categorized in साहित्य-कला