STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शङ्खमूल बर्गर हाउस खाली गर्न बालेनकाे निर्देशन

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ९, बिहिबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले आज पनि नयाँबानेश्वर स्थित शङ्खमूल बर्गर हाउस तत्काल खाली गर्न निर्देशन दिएको छ । त्यस  क्षेत्रको अवलोकनपछि उहाँले पार्किङका लागि निर्माण गरिएका स्थान सोही प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिनुभएको हो ।

शङ्खमूलको बर्गर हाउस बेसमेन्ट पार्किङमा सञ्चालित छ । तत्काल उक्त संरचना हटाएर नक्सा पासअनुरुप पार्किङको व्यवस्था गर्न निर्देशन दिएको छ ।

यसैगरी अल्फा हाउसको अण्डरग्राउण्ड पार्किङ गर्नका लागि तय गरिएको स्थानमा ‘ल्याब’ सञ्चालन गरिएको छ । साे पनि तत्काल हटाउन प्रमुख साहले निर्देशन दिनुभएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो ।

त्यसैगरी अहिले नगर प्रहरी प्रमुखसहितको टोली गौशाला पुगेको छ टोलीले त्यहाँ मुक्तिनाथ विकास बैंक रहेको भवनको बारेमा जानकारी लिने र आवश्यकता अनुरुपको निर्देशन र कारबाहीको प्रक्रिया अघि बढाउने बताइएको छ ।

बानेश्वर र शङ्खमूल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीलाई भाडा दिएका ठाउँमा पनि उक्त टोलीले अवलोकन गरेको छ । अवैध संरचना हटाउनका लागि कामपाले यसअघि ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाको बेवास्ता गरे पनि कामपा ‘एक्सन’मा उत्रिनुपरेको भनाइ छ ।

Categorized in उपत्यका