शताब्दि पुरुष द्वारा पत्रकारहरुलाई बधाई ज्ञापन
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ४, बुधबार
वरिष्ठ संस्कृतिविद् जोशीले ‘बुढो मान्छेले पहाड हटाउन’े चिनियाँ कथा सुनाउँदै पत्रकार राष्ट्रिय दबूको संस्थागत विकास र हितका लागि दृढ संकल्पका लाग्न पनि नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो ।
सोही अवसरमा वाङमय शताब्दी पुरुष जोशीले पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित कार्यसमितिलाई खादा लगाएर कार्यकालको सफलताको कामना गर्नुभयो । समारोहमा पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित अध्यक्ष सुरजबीर बज्राचार्यको जोशीको शुभकामनालाई आशिर्वादको रुपमा लिएको बताउँदै यसले काम गर्न निकै हौसला प्रदान गरेको बताउनुभयो । सोही अवसरमा वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले एकताबद्ध भएर लक्ष्य पुरा गर्न क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ताम्रकार समाजद्वारा स्वागत
यसैबीच नेवाःपत्रकार राष्ट्रिय दबू ललितपुर शाखा र ताम्रकार समाजले मंगलबार एक समारोहको आयोजना गरी नवनिर्वाचित केन्द्रीय समितिलाई स्वागत तथा सम्मान गर्नुभयो । सो अवसरमा ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले समावेशी सञ्चार र मातृभाषाको पत्रकारिताको लागि ठोस काम गर्नुपर्नेमा जोड दिनुभयो ।
Categorized in राष्ट्रिय


