STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शनिबारसम्म देशका अधिकांश क्षेत्रमा वर्षा हुने पुर्वानुमान

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २२, बिहिबार

काठमाडाैं - भारतको आएको निसर्ग चक्रवातका कारण नेपालमा शनिबारसम्म देशका अधिकांश क्षेत्रमा मेघगर्जन सहितको वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बुधबार भारतको महाराष्ट्रको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातको असर शनिबारसम्म नेपालको मौसममा पर्नेछ। यो अवधिमा उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको महाशाखाको भनाइ छ। निसर्ग चक्रवात बिस्तारै कमजोर भएर भारतको भू-भाग हुँदै पश्चिम/मध्य नेपालतर्फ अगाडि बढ्नेछ। यो चक्रवात नजिक आएको अवस्थामा मौसममा प्रत्यक्ष प्रभाव पर्नेछ। अरब सागरको दक्षिणपूर्वी भू-भागमा मंगलबार राति निसर्ग नामक चक्रवातको विकास भएको हो। निसर्ग चक्रवातको गति २३ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ। बुधबार साँझ उक्त चक्रवात मुम्बईबाट ७५ र पुणेबाट ६५ किलोमिटर टाढाको अलिवाग भन्ने ठाउँमा छ। यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तर पूर्वी दिशातर्फ मोडिने सम्भावना छ। बुधबार परेको पानी पनि सोही चक्रवातको प्रभाव भएको महाशाखाले जनाएको छ।
Categorized in राष्ट्रिय