STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शहीदको योगदान सधैँ स्मरणीय छ ः मुख्यमन्त्री राई

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १६, बिहिबार

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्नुहुने शहीदको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ । शहीद दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सबैखाले आन्दोलन सफल बनाउन वीर सपुतको बलिदानी रहेको छ भन्नुभयो । सन्देशमा भनिएको छ, “स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान् शहीदको योगदान सधैँ स्मरणीय रहनेछ । आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा उच्च सम्मान अर्पण गर्दछु । ” सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्ध बनाउन शहीदको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने सन्देशमा जनाइएको छ ।
Categorized in राष्ट्रिय