शाक्यको अन्त्यष्टी सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ५, सोमबार
काठमाडौं– नेपाली कांग्रेसका नेता एवं तत्कालीन ललितपुर उपमहानगरपालिकाया मेयर बेखारत्न शाक्यको अन्त्यष्टि फागुन ५ गते सोमबार पाटनको शंखमुलमा सम्पन्न भयो । शाक्यको निधन आइतबार भएको थियो ।
उहाँको पार्थिव शरीरमा छोरा रोशन शाक्यले दागबत्ती दिएका थिए ।
अन्तिम संस्कारमा नेपाली कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतकाले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
८८ वर्षीय दिवंगत शाक्यका एक छोरा र दुई छोरी छन् ।
Categorized in राष्ट्रिय