STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शाक्य महाविहार संघले नयाँ नेतृत्व चयन गर्दै मेयरलाई गरे सम्मान

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र २२, मंगलबार

 

बुद्ध धर्म , बुद्ध कर्म , बुद्ध वचन, संस्कार,आचरण पालना गर्दै बुद्ध वंश र अंश संरक्षण  सम्बर्द्दनको पवित्र उद्देश्य बोकेको शाक्य महाविहार संघको छैठौं साधारण सभा र दोस्रो अधिवेशन  क्षेत्रपाटी पार्टी पालेसमा सम्पन्न भएको छ । सो कार्यक्रममा काठमाडाैं महानगरपालिकाका मेयर विद्या सुन्दरं शाक्य प्रमुख अतिथी रहनु भएको सो कार्यक्रम संघका अध्यक्ष शुभकाजी शाक्यको सभापतित्वमा सम्पन्न भएको हो ।

काठमाडाैं महानगरपालिकाका ए‍ेतिहासिक, पुरातात्विक, वास्तुकलात्मक, धार्मिक, साँस्कृतिक, प्राकृतिक तवरले महत्वपूर्ण बहाः,बही, मठ, देगल, सतल, फल्चा जस्ता मूर्त सम्पदाकाे पुनर्निर्माणमा अनवरत पहल कदमीका साथ सहयाेग गर्नुभएकाेले संघकाे छैठाैं साधारण सभा तथा दाेस्राे महाधिवेशनकाे अवसरमा मेयर शाक्यलाई सम्मानित गरिएकाे हाे । कार्यक्रममा जेष्ठ शाक्य व्यक्तित्वहरु  मोति रत्न शाक्य र पुष्पराजन शाक्ययात ध्रुवतारा सिरपा प्रदान गरिएको थियो । 

उक्त कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य एवं पूर्व आन्तरीक कानुन मन्त्री डा अजयक्रान्ती शाक्य, गुठी संस्थानका प्रशासकिय प्रमुख किरण शाक्य, लुम्बिनी विकास काेषका सदस्य सचिव सानुराजा शाक्य, २५ वडाका अध्यक्ष एवं नेपाली कांग्रेशका महानगर समितिका सभापति नीलकाजी शाक्यलगायतका विशेष उपस्थिति थियाे ।

दोस्रो अधिवेशनको रुपमा सम्पन्न अधिवेशनले शुभकाजी शाक्य लाई अध्यक्ष चयन गरेको छ । सर्वसम्मतको आधारमा  सम्पन्न कार्यसमिति चयनमा प्रथम उपाध्यक्ष अमीररत्न शाक्य , द्वितिय उपाध्यक्ष गौतमरत्न शाक्य चयन हुनु भएको छ । महासचिव संघरत्न शाक्य,सचिव राजेश शाक्य,कोषाध्यक्ष चैतन्यराज शाक्य, सह कोषाध्यक्ष दिलिपरत्न शाक्य र सदस्यहरु विजयरत्न असंबरे,रोशन शाक्य,चन्द्रलोक शाक्य,मणिकर शाक्य,तिर्थ शाक्य,दुर्गादेवी शाक्य,लेखरत्न शाक्य,आनन्दरत्न शाक्य,अमीर कुमारी शाक्य, सुरेश शाक्य र अनित शाक्य  सर्वसम्मत चयन हुनु भएको छ ।

Categorized in उपत्यका