STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षकको गोली हानी हत्या

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २३, मंगलबार

विराटनगर -  मोरङमा एकजना शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ ।

मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो।

उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर नेत्रविक्रम चन्द विप्लव समूहले हत्या गरेको प्रहरी उपरीक्षक खड्काले बताए।

प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको खड्काले बताए। श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको खड्काले बताए।

शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको खड्काले बताए ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार बिहानै शिक्षकलाई ‘अज्ञात समूह’ले अपहरण गरेको बताए।

Categorized in अपराध-दुर्घटना