STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १६, आइतबार

शिक्षक सेवा आयोगले ठूलो संख्यामा प्राथमिक तहका शिक्षक माग गरेको छ। आयोगले शनिबार सूचना जारी गर्दै प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार चार सय ६२ शिक्षक माग गरेको हो। 

शुक्रबारको निर्णयअनुसार सातै प्रदेशबाट विभिन्न समूहका शिक्षक नियुक्तिका लागि विज्ञापन खुला गरिएको आयोगले जनाएको छ। खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक समुदायका लागि विज्ञापन खुला गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। 

बागमती प्रदेशमा एक हजार १०३, कोशीमा एक हजार ७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५,  सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जना नयाँ शिक्षक नियुक्तिका लागि आवेदन खुला गरिएको हो।  

योग्यता पुगेका इच्छुक व्यक्तिले  https://tsc.gov.np/ मा जेठ १३ गतेसम्म आवेदन दिन सकिन सूचनामा उल्लेख छ।

Categorized in शिक्षा