शिवमाया तुम्बाहाम्फे अब कानुनमन्त्री
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ५, सोमबार
काठमाडौं– निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फे कानुनमन्त्री भएकी छन् ।
तुम्बाहाम्फेले सोमबार (फागुन ५) दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कानुन, न्याय र संसदीय मामिला मन्त्रालयको शपथ खाएकी हुन् ।
सरकारले समाजवादी पार्टीको बहिर्गमनपश्चात् रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हालिरहेका थिए ।
समाजवादी पार्टीले सरकार छोडेपछि कानुन मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि रिक्त रहेको छ । कानुन मन्त्रालय पूर्वएमालेको भागमा परेको हो ।
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् । उक्त पदमा पहिले शिवमायाले दाबी गरेकी थिए । तर नेकपाले उनलाई उपसभामुखबाट राजीनामा गर्न लगाएका थिए । उपभासमुखबाट राजीनामा दिएपश्चात् तुम्बाहाम्फे नेकपा केन्द्रीय सदस्यमा मनोनित भएकी हुन् ।
Categorized in राजनीति