STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शुक्रबार भेट्रान सिंगरहरुको लाईभ कन्सर्ट लाजिम्पाटमा

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १२, बिहिबार

नेपाली संगीत क्षेत्रका स्टारहरु, जो हालको समयमा नयाँ पुस्ताले सम्मान स्वरुप भेट्रान संगीतकर्मीको रुपमा लिने गरेका चर्चित संगीतकर्मीहरुले नयाँ पुस्ताका संगीतकर्मीहरु सामू भेट्रान कलाकारहरु पनि हालसम्म सक्रिय रुपमा सांगितिक इतिहासमा इतिहास कोर्दैछौं भन्ने सूचकको रुपमा संगीत सागरमा तरंगित हुँदै आइरहेका छन् । भेट्रान सिंगरहरु भीम तुलाधर, बबिन प्रधान, जेम्स प्रधान, संजय श्रेष्ठ र क्रसरोडस् ब्याण्डस् देखि लिएर ज्योति घिमिरे, विजय गुरुङ, भुपेन्द्र बज्राचार्य, हरिश माथेमा, दिपक खरेल इत्यादी संगीतकर्मीहरु उदाहरण हुन् कि नयाँ पुस्ताका संगीतकर्मीहरुलाई हौसला एवं उर्जाको रुपमा हालसम्म पनि निरन्तर रुपमा सांगितिक कन्सर्ट गर्नमा ब्यस्त हुँदै आइरहेको हामी देख्न सक्छौं । अन्तिम शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित At Last Friday Bar & Gril मा CELEBRATING 6TH anniversary अन्तर्गत Years with Legends नाम दिई सांगितिक कन्सर्ट हुने भएको छ । २९ नोभेम्बर भोलि शुक्रबार हुने उक्त कन्सर्टमा भेट्रान गायकहरु संजय श्रेष्ठ, भीम तुलाधर, बबिन प्रधान, जेम्स प्रधान एवं क्रसरोडस् ब्याण्डको दमदार लाईभ सांगितिक कन्सर्ट हुने जानकारी दिएको छ । शुक्रबार दिउँसो ५ः३० बजे ओपनिङ्ग हुने उक्त कन्सर्ट प्रोग्राममा सम्पूर्ण बिलको १५ प्रतिशत छूट दिने ब्यवस्था पनि भएको जानकारी At Last Friday Bar & Grill ले दिएको छ भने उक्त कन्सर्टमा सहभागिताको लागि अनुरोध पनि गरेको छ ।
Categorized in सिनेमा