STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शेयर बजार ः नेप्से दोहोरो अङ्कले घट्यो

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ५, आइतबार

साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।०५ बिन्दु अर्थात् १।३९ प्रतिशतले घटेर एक हजार १३९।२५ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २।४९ बिन्दु अर्थात् करीब एक प्रतिशतले घटेर २४९।७१ मा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत ओरालो लागेको छ । कूल १६६ कम्पनीको आठ लाख ४८ हजार ६६२ कित्ता शेयर रु २२ करोड ६९ लाख ५० हजार २३८ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर उकालो लागेको छ । बाँकी दश उपसमूहको शेयर भने ओरालो लागेको छ । अन्य उपसमूह ०।६८ बिन्दुले बढ्दा बैंकिङ ११।३३, होटल ६०।११, विकास बैंक १८।१९, जलविद्युत् २९।६, वित्त ४।५१, निर्जीवन बीमा १२४।२९, उत्पादन ६७।६, लघुवित्त ३०।३२, जीवन बीमा ८०।८८ र सामूहिक लगानी कोष ०।०३ बिन्दुले घटेका छन् । कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु एक करोड ८० लाख ६३ हजार ४४७ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको हो । यस्तै गण्डकी विकास बैंकको संस्थापक शेयर रु एक करोड ६५ लाख ६२ हजार ५९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु एक करोड ४९ लाख १९ हजार ९५४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड एक लाख ६२ हजार ७२५, लक्ष्मी बैंक रु ७६ लाख ४९ हजार र नेपाल बैंक लिमिटेडको रु ६८ लाख ५१ हजार १०४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ । स्टकका अनुसार आज वेस्ट फाइनान्स कम्पनीका शेयरधनीले ४।५५ प्रतिशतले कमाउँदा विजय लघुवित्त वित्तीय संस्था ३।१०, सिटी एक्सप्रेस फाइनान्स ३।०३, युनिभर्सल पावर कम्पनी २।५६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर १।९७ र कर्पोरेट डेभलपमेन्ट बैंक १।८३ प्रतिशतका दरले कमाए । यस्तै रिलायन्स फाइनान्स ८।३३, जोशी हाइड्रो पावर ८।०६, समता माइक्रोफाइनान्स वित्तीय संस्था ७।२३, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ६।७४, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ६।२३ र रिडी हाइड्रो डेभलपमेन्ट कम्पनीका शेयरधनीले ५।५५ प्रतिशतले गुमाएका छन् ।
Categorized in बिजनेस