STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शेयर बजार स् आठ अङ्कको वृद्धि

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ८।३९ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ अङ्कले बढेर एक हजार ३१३।८८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।११ बिन्दुले बढेर २७९।९२ अङ्कमा पुगेको छ । 
स्टकका अनुसार कूल १७३ कम्पनीको २६ लाख २७८ हजार ४२० कित्ता शेयर रु ९० करोड आठ लाख पाँच हजार ९६० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयरमा वृद्धि भएको छ । व्यापार २।७९ र जीवन बीमा ६०।२४ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ७।०७, होटल ५।०२, विकास बैंक ७।५९, जलविद्युत् २७।५९, वित्त ७।९१, निर्जीवन बीमा १०।८३, उत्पादन १००।४६, अन्य २।४२, लघुवित्त ७।४५ र सामूहिक लगानी कोष ०।०४ बिन्दुले बढेका छन् । 
स्टकका अनुसार शिवम् सिमेन्टको रु २० करोड ४० लाख ६८ हजार ४७१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै प्रभु बैंकको रु आठ करोड ४३ लाख ३३ हजार २६८, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु आठ करोड १५ लाख ६७ हजार २७, नेपाल बैंक लिमिटेड रु तीन करोड ७४ लाख ६० हजार १९१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । 
स्टकका अनुसार हिमालयन डिस्टिलरी ९ं९६, स्पर्श लघुवित्त वित्तीय संस्था ९।९४, हिमालयन ऊर्जा विकास कम्पनी ९।७७, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ७।६३ र माउण्टेन हाइड्रोका शेयरधनीले ७।१४ प्रतिशतले कमाए । त्यस्तै जोशी हाइड्रोपावर ९।६१, युनाइटेड मोदी ४।८०, ज्योति विकास बैंक ४।२४, लाइफ इन्स्योरेन्स कम्पनी ४।२० र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले ३।३३ प्रतिशतले गुमाए । 
Categorized in बिजनेस