STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शोकमा राजविराज नगरपालिका बन्द

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २७, सोमबार

राजविराज नगरपालिका–१२ का वडासदस्य शिवनारायण यादव ९शिवु०को निधनप्रति शोक व्यक्त गर्दै आज राजविराज नगरपालिकाद्वारा कामकाज बन्द गरी शोक मनाउने निर्णय गरिएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै वडासदस्य यादवको असमायिक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पूर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ । वडासदस्य यादवको निधनप्रति शोक जनाउन आज राजविराज नगरपालिका कार्यालय तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालय एक दिनका लागि बिदा दिने निर्णय गरिएको नगरपालिका प्रमुख यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । राजविराज नगरपालिका–१२ का वडासदस्य ६५ वर्षीय यादव ९शिवु० को शुक्रबार निधन भएको थियो । यादव लामो समयदेखि बिरामी थिए । स्थानीय निकायको निर्वाचनमा राजपा नेपालबाट उहाँ वडासदस्य पदमा निर्वाचित हुनुभएको थियो ।
Categorized in राष्ट्रिय