श्रमिक दिवसको अवसरमा प्रधानमन्त्रीको सन्देश : अस्थिरताको प्रयास अस्वीकार्य
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १९, शुक्रबार
काठमाडौं – अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध लडिरहेको अप्ठ्यारो परिस्थितिमा अस्थिरताका प्रयास भएको र त्यस्तो प्रयास अस्वीकार्य भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले केही सञ्चार माध्यम र सामाजिक सञ्चालहरुले स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको पनि बताएका छन् ।
लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा आफू दुःखी रहेको भन्दै ओलीले सरकारलाई घरमुली र जनता उसको परिवार भएकोले कसैलाई पनि भोकै नराख्ने पुनः बताएका छन् ।
Categorized in राजनीति