STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

श्रावण २५ गते आउने "नालापानी”को नयाँ ट्रेलर सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ श्रावण ८, मंगलबार

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोरखाली फिल्म, गङ्गा नारायण फिल्म र बिजीबी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको ऐतिहासिक चलचित्र ‘नालापानी’ साउन २५ गतेदेखि देशभर एकै साथ प्रदर्शन हुने भएको छ। यो चलचित्रको सोमबार बुढासुब्ब डिजिटलमार्फत ट्रेलर सार्बजनिक गरिएको हो ।

यस अघि साउन १८देखि देशभर यो चलचित्र प्रदर्शन गर्ने तय भएपनि एक साता पर सारेर अब साउन २५ गतेदेखि सिनेमाघरमा आउने भएको कुरा लेखक, निर्माता तथा निर्देशक रिमेश अधिकारीले जानकारी गराउनु भएको हो ।

चलचित्रको सह निर्माता गणेश कार्की, कार्यकारी निर्मातामा घनेन्द्र थपलिया, एसोसिएट निर्मातामा सपन थापा र निर्माता मनोज शाक्य हुनुहुन्छ । चलचित्रमा अर्जुन जङ्ग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहारी, सुवास गजुरेल, अच्युत गजुरेल, हिक्मत थपलिया, जनक बर्तौला, सरिता राजोपाध्याय, गीत विष्ट, साहिना भट्टराई, गीता अधिकारी, सुवर्ण थापालगायतका कलाकारको अभिनय छ । रामशरण उप्रेतीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको चलचित्रमा भिएफएक्स अच्युत गजुरेल र सम्पादन विपिन मल्लको छ । लेखन रिमेश अधिकारी/कृष्ण आचार्य र निर्माता/र्देशक रिमेश अधिकारी हुनुहुन्छ ।

‘‘नालापानी फिल्म सम्पूर्ण नेपालीको विरताको गाथा र गर्व गर्ने ईतिहास बोकेको फिल्म हो । फिल्मले नेपाली विरहरुको बहादुरिता बोल्ने छ र देश प्रेम बढाउने पुर्खाको योगदान र बलिदान बुझाउने छ । लामो समय र ठूलो लगानी खर्चिएको यो फिल्म बनाउनुको एउटै उदेश्य ईतिहास दस्तावेजीकरण गरेर आउँदा भावी पुस्तालाई ईतिहास जान्न बुझ्न सजिलो बनाइदिने छ’, निर्देशक अधिकारी भन्नुहुन्छ ।

https://youtu.be/ZZTrz19q_vA?si=WAkc0NzVGJ64bsN_

Categorized in सिनेमा