STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

श्रुति श्रेष्ठको अध्यक्षतामा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ९, शनिबार

छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लबले नयाँ कार्यसमिति चयन गरेको छ । 

शनिबार काठमाडौंमा भएको क्लबको ११ औं साधारणसभाले  १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चुनिएकी छन् भने उपाध्यक्षमा दिपेश श्रेष्ठ र महासचिवमा प्रकाशचन्द्र तिमिल्सेनालाई चयन गरेको छ । 

यस्तै सचिवमा अमूल थापा र कोषाध्यक्षमा द्वारिकाप्रसाद काफ्ले निर्विरोध भएका छन् । विकास द्धारेले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

सदस्यहरूमा स्कन्द गौतम, अंगद ढकाल, निशा भण्डारी, वर्षा शाह, दिपेन श्रेष्ठ र लक्ष्मीप्रसाद ङाखुशी चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई शनिबार नै एक समारोहका बीच निर्वाचन समिति संयोजक एवं अधिवक्ता निरन्जन राजवंशी, फोटो पत्रकारहरु नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकाश माथेमा, पूर्वकार्यवहाक अध्यक्ष केशवराज थोकरले प्रमाणपत्र प्रदान गरे ।

क्लबले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारहरुको हकहितका लागि अझै सक्रिय भूमिका निभाउँदै पत्रकार महासंघको हरेक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै पैरवी गर्ने निर्णय साधारणसभाले गरेको छ । यस्तै फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न कार्य गर्ने निर्णय भएको क्लबले विज्ञप्तिमार्फत जनाएको छ ।

Categorized in राष्ट्रिय