श्रेष्ठ एकोरबका महोत्तरी संयोजक
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २२, बुधबार
सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल एकोरब को महोत्तरी संयोजकमा राजकुमार श्रेष्ठ चयन हुनुभएको छ । मङ्गलबार बर्दिवासमा सम्पन्न जिल्लाका सामुदायिक रेडियोका प्रतिनिधिको भेलाले सामुदायिक रेडियो सुनगाभा बर्दिवासको सञ्चालक समितिका अध्यक्ष श्रेष्ठलाई सर्वसम्मतिले संयोजक चयन गरेको हो ।
संयोजक छानिएपछि श्रेष्ठले सामुदायिक रेडियोलाई विकास अवसरबाट ओझेलमा परेका समुदायको उत्थानमा प्रसारण सामग्री बनाउन अझ उत्प्रेरित गरिने प्रतिबद्धता जनाउनुभयो ।
महोत्तरीमा रहेका ११ रेडियोमध्ये बर्दिवासका रेडियो बर्दिवास, रेडियो सुनगाभा र रेडियो दर्पण, गौशालास्थित रेडियो गौशाला, रामगोपालपुरस्थित रेडियो सोनामाई र जलेश्वरस्थित रेडियो जलेश्वरनाथ, रेडियो अपनमिथिला, रेडियो मिर्ची र रेडियो रुद्राक्षसहित नौवटा सामुदायिक रेडियो छन् ।
भेलामा एकोरबका केन्द्रीय महासचिव गोविन्द देवकोटाले संयोजक श्रेष्ठसहित महोत्तरी एकोरबका प्रतिनिधिलाइ बधाई ज्ञापन गर्दै रचनात्मक काममा सामूहिकरूपमा लाग्न सुझाव दिनुभयो ।
Categorized in राष्ट्रिय


