संकटा र महांकाल मन्दिरमा भक्तजनलाई प्रवेश निषेध !
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार
काठमाडाैं- नोबल कोरोना भाइरस कोभिड–१९ संक्रमण नियन्त्रण व्यवस्थापनको लागि काठमाडौं टेबहालस्थित संकटा मन्दिर र महांकाल मन्दिरमा अब भक्तजनको लागि प्रवेश निषेध हुनेभएको छ ।
काठमाडौं महानगरपालिका २२ वडाले संकटा मन्दिर संरक्षण तथा व्यवस्थापन समितिलाई एक पत्र काटी चैत ७ गते शुक्रबारदेखि संकटा मन्दिरमा नियमित नित्यपूजा बाहेक भक्तजनहरुको लागि प्रवेश निषेध गरिदिन अनुरोध गरेको छ ।
काठमाडौं २२ वडाका वडाध्यक्ष चिनीकाजी महर्जनद्वारा हस्ताक्षरित उक्त पत्रमा संकटा मन्दिरलगायत महांकाल मन्दिर, टेबहाल भद्रकाली मन्दिर र वटु भद्रकाली मन्दिरहरुमा पनि भक्तजनको लागि प्रवेश निषेध गरी नियमित नित्यपूजा मात्र गर्न अनुरोध गरिएको छ ।
Categorized in राष्ट्रिय