STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संक्रमितले निजी अस्पतालमा उपचार गराए पनि खर्च सरकारले व्यहोर्ने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ५, शुक्रबार

काठमाडाैं – कोरोना संक्रमितले निजी अस्पतालमा उपचार गराए पनि सरकारले उपचार खर्च व्यहोर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । अस्पताल भरिभराउ हुने सम्भावना भएकाले बिरामीको उपचारका लागि निजी अस्पतालमा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । यस्तै स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
Categorized in राजनीति