STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संगीत क्षेत्रमा नयाँ बालप्रतिभा एरोन महर्जन

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ मङ्सिर २४, बुधबार

कीर्तिपुर – कीर्तिपुर नगरीबाट नयाँ बालप्रतिभा संगीत क्षेत्रमा आउने भएका छन् । बादेगाउँका जनक र राज्य महर्जनका १२ वर्षीय छोरा एरोन महर्जन ‘मां...’ बोलको गीतबाट संगीत क्षेत्रमा आउनलागेका हुन् ।

यस गीतलाई कीर्तिपुरकै कलाकार भुवन महर्जनले लेखेर र संगीत राखेका हुन् ।

प्रिन्स नेपालीको संगीत संयोजन रहेको यस गीतलाई होम स्टुडियोमा रेकर्ड गरिएको छ ।

गीतमा लोकप्रिय ब्याण्ड कुटुम्बका सदस्यहरुले बाद्यवादन गरेका छन् ।

सूरशालामा संगीत सिकिरहेका एरोडन आइडिल मोडल स्कुलमा ६ कक्षामा पढ्दैछन् ।

एरोन हार्मोनियम र गितारमा दिनहुँ रियाज गर्छन् । विद्यालयमा एरोनले गीत गाएपछि आफ्नो छोराले गीत पनि गाउन सक्छ भनी थाहा पाएका उसका अभिभावकले त्यसपछि एरोनलाई गायक नै बनाउने लक्ष्य लिएका छन् ।

गीतको म्युजिक भिडियो पनि निर्माण गर्ने सोच रहेको महर्जनका अभिभावकले बताएका छन् ।

 

Categorized in साहित्य-कला