STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संघनायक ज्ञानपूर्णिक महास्थविरको अन्तिम संस्कार सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २१, आइतबार

काठमाडौं,  नेपाली थेरवादी भिक्षुहरु मध्ये सर्वोच्च पदमा आसिन संघनायक ज्ञानपूर्णिक महास्थविरको आज आइतबार बागमती किनार शंखमुल घाटमा अन्तिम संस्कार गरियो । संघनायक ज्ञानपूर्णिक महास्थविरको शुक्रबार ८१ वर्षको उमेरमा शुक्रबार बिहान ४.३५ बजे निधन भएको थियो । उहाँको पार्थिव शरिरमा कार्यबाहक संघनायक बोधिसेन महास्थविर, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थविर लगायत अन्य भन्ते तथा गुरुमां एवं अन्य उपासक उपासिकाहरुले पनि अग्निदान गर्नुभएको थियो । मिनभवनस्थित विश्वशान्ति विहारबाट अपरान्ह शुरुभएको शवयात्रामा भन्ते, गुरुमां तथा माननीय गन्यमान्य व्यक्तिहरुका साथै हजारौंको संख्यामा उपासक उपासिका समेत उपस्थित भएको थियो । यस अघि उहाँको पार्थिव शरिर समक्ष अग्रज भिक्षुहरु, अनागारिकाहरु, लामा भिक्षुहरु एवं वज्राचार्य गुरुजुहरुले आआफ्नो रीति अनुसार उहाँ संघनायकको निर्वाण कामना सहित पाठ गर्नु भएको थियो । उहाँको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपि शर्मा ओलीले समवेदना सन्देश पठाउनुभएको थियो । शुक्रबार देखि उहाँको पार्थिव शरीर राखिएको स्थल विश्वशान्ति विहारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइ, प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री बुद्धिराज वज्रचार्य, माननीय कृष्ण गोपाल श्रेष्ठ, माननीय शोभा शाक्य आदि व्यक्तित्वहरु आएर श्रद्धान्जलि अर्पण गर्नुभएको थियो । यसका साथै धर्म गुरु रत्नश्री राणा रिम्पोछे, ताशी गुरु, धर्मोदय सभाका अध्यक्ष यज्ञमानपति वज्राचार्यले तथा विपश्यनाचार्य रुपज्योति पनि श्रद्धान्जलि व्यक्त गर्नुभएको थियो । यसका साथै श्रीलंका, थाइल्याण्ड आदि देशका राजदूत तथा प्रतिनिधिहरु पनि उपस्थित भएर समवेदना व्यक्त गुर्नुभएकोे थियो । १९९६ सालमा पाल्पाको तानसेनमा जन्मिनुभएका ज्ञानपूर्णिक महास्थविर अखिल नेपाल भिक्षु संघका पूर्व अध्यक्ष र विश्व शान्ति महाविहारका प्रमुख पनि हुनुहुन्थयो । उहाँकै नेतृत्वमा लुम्बिनी बौद्ध विश्व विद्यालय अन्तर्गत थेरवादको पढाइ हुने थेरवाद बुद्धिष्ट एकेदमी पनि शुरु भएको थियो । नेपालमा बौद्ध धर्मको पुनर्जागरणमा ज्ञानपूर्णिक महास्थविरको भूमिकालाई विश्वकै बौद्ध समुदायले उच्चमूल्यांकन गरेको पाइन्छ । यसै बिच उहाँको अस्तुलाई जापानी बौद्ध संस्थाले लगेर त्यहाँको पवित्र उद्यानमा चैत्य बनाउन अनुरोध गरेको समेत जानकारी प्राप्त भएको छ ।
Categorized in राष्ट्रिय