संघनायक भिक्षु ज्ञानपूर्णिकको स्वर्गारोहण
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १९, शुक्रबार
काठमाडौं – थेरवादी बौद्ध भिक्षु महासंघका सातौं संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरको स्वर्गारोहण भएको छ ।
नेपालका थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व उहाँ संघनायक भिक्षुको पाटनको सुमेरु अस्पतालमा आज शुक्रबार बिहान ४ः३५ बजे मृत्यु भएको जानकारी उहाँ नजिकका भिक्षु बोधिज्ञानले दिनुभएको हो ।
स्वर्गीय भिक्षु ज्ञानपूर्णिक महास्थविरप्रति अन्तिम श्रद्धाञ्जलि दिन शुक्रबार बिहान १० बजेदेखि नयाँ वानेश्वरस्थित विश्वशान्ति विहारमा पार्थिव शव रहने जानकारी पनि भिक्षु बोधिज्ञानले दिनुभएको छ ।
भिक्षु ज्ञानपूर्णिक महास्थविरका थुप्रै पुस्तकहरु प्रकाशित भएका छन् । स्वर्गीय भिक्षु लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत संचालित थेरवादी बौद्ध एकेदमिका अध्यक्ष पनि हुनुहुन्थ्यो ।
Categorized in राष्ट्रिय