STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न नेता रिजालको आग्रह

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २७, बुधबार

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न मतदातासँग आग्रह गर्नुभएको छ । पोखरा महानगरपालिका–१७ घारीपाटन क्षेत्रमा आज आयोजित उप निर्वाचनको प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा सहभागी बन्दै उहाँले सरकारका संविधान र लोकतन्त्र विरोधी गतिविधिलाई सच्याउँदै सही मार्गमा हिँडाउन उप निर्वाचनमा काङ्ग्रेसको जीत आवश्यक भएको बताउनुभयो । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पार्टीका केन्द्रीय प्रतिनिधिसमेत तोकिएका नेता रिजालले पार्टीले लामो समयसम्म समाजको रुपान्तरणका लागि योगदान गरेका त्यागी नेता खेमराज पौडेललाई उम्मेदवारका रुपमा अघि सारेको बताउँदै यस निर्वाचन क्षेत्रको समृद्धि र विकासका लागि रुख चिह्नमा मतदान गर्न अनुरोध गर्नुभयो । उम्मेदवार पौडेलले यो निर्वाचन सरकारलाई सही बाटोमा हिँडाउनका लागि भएको बताउँदै कास्की क्षेत्र नं २ को समग्र विकासका लागि आफू अहोरात्र लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । घरदैलोमा क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला मधु, नगर सभापति बजिरमान श्रेष्ठ लगायत सहभागी हुनुहुन्छ ।
Categorized in राजनीति