STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संसद्को हिउँदे अधिवेशन अन्त्य • सल्लाह नगरी अन्त्य गर्नु सरकारको गैरजिम्मेवारीपन : कांग्रेस

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १८, बिहिबार

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको हो । राष्ट्रपति कार्यालयले एक सूचनामार्फत अधिवेशन अन्त्य भएको जनाएको छ । कोरोनाको कहरबीच वर्षे अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र संविधान संशोधनलगायत महत्वपूर्ण काम सम्पन्न गरेको छ । विषमावस्थामा समेत जनताका दैनिक जीवनसँग जोडिएका विविध विषयमा छलफल भई सङ्घीय संसद्ले सरकारलाई दिशा निर्देश गरेको छ ।  उता प्रमुख प्रतिपक्षी नेपाली कां‌ग्रेसले पनि आफूहरुसँग परामर्श नै नगरी अधिवेशन अन्त्य गरेकामा असन्तुष्टि जनाएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको जानकारी स‌ंसद सचिवालयलाई गराएकी छन् ।संसद अधिवेशन अन्त्यका विषयमा सभामुख सापकोटासँग छलफल नै नभएको सभामुखको सचिवालय स्रोतले बतायो । संसद सचिवालयले पनि चालु अधिवेशन कम्तीमा असार महिनासम्म लम्बिने बताउँदै आएको थियो । नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्त सम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी थियो । तर, सरकारले संसदको बिजनेस ख्याल नगरी अन्त्यको सिफारिस गरेको संसद सचिवालयका कर्मचारीहरु बताउँछन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चालु अधिवेशन अन्त्यको सिफारिस गर्दा सरकारले सामान्य जानकारीसम्म नदिएको भन्दै असन्तुष्टि जनाएको छ । जनसरोकारसँग सम्बन्धित, कोरोना भाइरस र सलह किरा नियन्त्रणसँग सम्बन्धित विषयमा कांग्रेसका केही सांसदले पेश गरेको संकल्प प्रस्तावमा छलफल नै हुन पाएको थिएन । अहिलेको अवस्थामा सदनलाई अझै प्रभावकारी बनाउनुपर्छ भनेर लागिरहेका बेला एक्कासी अधिवेशन अन्त्य गरेकामा आश्चर्य लागेको खाँणले बताए । कसैसँग सल्लाह नगरी अधिवेशन अन्त्य गर्नु सरकारको गैरजिम्मेवारीपन भएको उनको भनाइ छ । खाँणले पार्टीको आन्तरिक कलह र दम्भमा संसद अधिवेशन अनत्य गरेर सरकार जनताको समस्या सुन्नबाट भाग्न खोजेको टिप्पणी गरे । कांग्रेसका सांसद मिनेन्द्र रिजालले पनि नेकपाको आन्तरिक कलहका कारण अधिवेशन अन्त्य गर्ने सिफारिस सरकारबाट भएको आफूलाई जानकारी आएको बताए ।
Categorized in राजनीति