STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संसद्मा ‘गलबन्दी च्यातियो गीतको चर्चा

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १०, मंगलबार

प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ।।।’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो ।।।’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हँुदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाउनुभयो । साथै उहाँले सम्बन्धित व्यक्तिलाई कानूनी कारवाही गर्न माग गर्नुभयो । सांसद महेश्वरजङ्ग गहतराजले पनि ‘गलबन्दी च्यातियो ।।।’ शीर्षकको गीतको लय नक्कल भएको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विमला नेपालीले गृहमन्त्रालयको कहिले रोक्ने र कहिले दिने भन्ने निर्देशनले नेपाली नागरिकतासम्बन्धी समस्या बल्झिरहेको छ भन्दै ११ महीनादेखि ओझेलमा रहेको सोसम्बन्धी विधेयकलाई तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
Categorized in राष्ट्रिय