STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संसद्‌मा कांग्रेसको अवरोध जारी, बैठक १५ मिनेटका लागि स्थगित

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ ७, सोमबार

काठमाडौं - प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक कांग्रेसले अवरोध गरेको हो । सभामुखले बैठक अघि बढाउन खोजेपछि कांग्रेस सांसद वेल घेर्न पुगेका थिए । 

उनीहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’ भन्दै नारा समेत लगाएको थिए । 

Categorized in राजनीति