STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संसद् विघटनको सिफारिस प्रतिगामी कदम : नेकपा प्रवक्ता

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ५, आइतबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेको  सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम भएको बताएका हुन् । 

उनले सरकारको यो निर्णय यो लागू हुन नसक्नेसमेत बताएका छन् । सरकारको संसद् विघटन गर्ने निर्णयविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर शक्ति एक हुनसमेत श्रेष्ठले आग्रह गरेका छन् । 

Categorized in राजनीति