STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संस्कृति संरक्षण र आर्थिक उपार्जन गर्न स्थानीय मेला जात्रा

Janjati Khabar | २०७९ पौष १२, मंगलबार

छन्त्याल, थकाली, मगरलगायत विभिन्न जनजातिको बसोबास रहेको म्याग्दीमा  स्थानीय लोककला र संस्कृतिको संरक्षण गर्न जिल्लाका विभिन्न स्थानमा परम्परागत मेला जात्रा लाग्ने गरेका छन् । जिल्लाका बेनी, गलेश्वर, वरङ्जा, नारच्याङ, दोवा, पाखापानी, कुँइनेमङ्गले लगायतका स्थानमा जातीय संस्कृति झल्कने र सामाजिक सद्भाव कायम हुने खालका मेला लाग्ने गरेका छन् ।

त्यसका साथै तीज, जनैपूर्णिमा, माघेसङ्क्रान्ति, तुलसीपूर्णिमा, आगो देउ, लिङ्गो ठड्याउने यहाँका प्रसिद्ध मेला तथा पर्व भएका म्याग्दीको लोक संस्कृतिका जानकार प्रकाशकुमार श्रेष्ठले बताउनुभयो ।जनैपूर्णिमामा जिल्लाको प्रसिद्ध धार्मिकस्थल रिखार क्षेत्रमा लाग्ने रिखार, बालाचर्तुदशीमा गलेश्वरमा लाग्ने सतबीज छर्ने, शिवरात्रि, माघे सङ्क्रान्तिमा जिल्ला सदरमुकाम बेनीमा लाग्ने माघे सङ्क्रान्ति, जिल्लाका लेकाली क्षेत्रमा लाग्ने चौरीको रगत पिउने र नागी मेलाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

म्याग्दीमा लाग्ने यस्ता परम्परागत मेला जात्रामा नेपाली मौलिक घरेलु उत्पादन राडी पाखी, मान्द्रा, डाला नाङ्लाको बिक्री–वितरण र बजारीकरण, लोककला संस्कृतिको संरक्षण गर्ने गरिएको अध्यक्ष कटुवालको भनाइ छ ।स्थानीय मेला जात्रामा विभिन्न मगर, छन्त्याल, नेवार, थकाली, तामाङ, खस भाषाभाषीका लोकजुहारी, भजनकीर्तन र खेलको मौलिक मनोरञ्जन हुनेगरेको बेनी बजारका ८५ वर्षीय नैनकुमार श्रेष्ठले बताउनुभयो ।मेला जात्रामा पिछडिएका ग्रामीण क्षेत्रका उत्पादन तथा स्थानीय कला संस्कृति, वेषभूषाको प्रचारप्रसार गर्न तथा उद्योग व्यापार, घरेलु तथा लघु उद्यम, कृषि उत्पादनको बिक्री वितरणमार्फत स्थानीय आर्थिक विकास गर्न यस्ता कार्यक्रम टेवा पुगेको स्थानीय व्यवसायीको भनाइ छ ।

त्यसैगरी यस्ता मेला जात्राले ग्रामीण क्षेत्रमा लोक संस्कृतिको संरक्षण, रैथाने सीपलाई प्रोत्साहन गर्नुका साथै सहरबजारबाट आन्तरिक पर्यटक गाउँमा पुग्ने वातावरण पनि बन्ने गरेको वरङजाका युवा कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

Categorized in राष्ट्रिय