STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सकिना महर्जन बनिन् १७औं मिस नेवाः

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र १२, मंगलबार

काठमाडौं - मिस नेवाः नेपाल ११४३ को उपाधि चन्द्रागिरि नगरपालिका नयाँ नैकापकी सकिना महर्जनले चुमेकी छन्। नेप्लिज फेसन होमद्वारा राजधानीमा आयोजित नेवार सुन्दरीहरूको प्रतिभामूलक प्रतियोगितामा महर्जनले १७औं संस्करणको उपाधि चुमेकी हुन्। 

सकिनाले उपाधिबापत नगद एक लाख रुपियाँ प्राप्त गरेकी छन्। मंगलबार राति कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा नेवार कला, संस्कृति र भेषभूषामा भव्यताका साथ सम्पन्न प्रतियोगितामा उनी प्रमुख उपाधिका साथ मिस पर्सनालिटी उपउपाधि विजेता पनि भएकी छन्। त्यसैगरी काठमाडौंको म्हैपीकी रिधिशा श्रेष्ठ फस्ट रनर्सअपका साथ मिस पब्लिक च्वाइस र डल्लुकी मिनशा महर्जन सेकेन्ड रनर्सअप भएकी छन्। रिधिशा र मिनशाले पुरस्कारबापत क्रमशः २५ र १५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। 

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्य र वरिष्ठ समाजसेवी सुरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार कला, भाषा, संस्कार र संस्कृतिलाई जीवन्त राख्न १८ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको बताइन्।

प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफू मिस नेवाः भएकै कारण यहाँसम्म पुगेको र आफूलाई पूर्वमिस नेवाः नभई मिस नेवाः मात्र भन्न आग्रह गर्दै एक पटकको मिस नेवाः सधैंको मिस नेवाः हुने बताइन्। उनले नेपालभाषा र नेवार कला सिक्नका लागि मात्र नभई आत्मविश्वास र व्यक्तित्व विकासका लागि मिस नेवाः राम्रो प्लेटफर्म भएको समेत बताइन्। 

Categorized in साहित्य-कला