STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २४, मंगलबार

पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा विभागमा अनौपचारिक रुपमा समेत छलफल नभएको जनाएको छ । आगामी केही वर्ष सगरमाथा आरोहण गर्न रोक्ने वा प्रतिबन्ध लगाउने सम्बन्धमा विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेषण भएकाप्रति विभागले गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त विषय वस्तुगत नभएको हुँदा यस्ता अवास्तविक हल्लाका पछि नलाग्न सरोकारवाला सबैमा अनुरोध पनि गरेको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले सरकारले आरोहणका लागि खुल्ला गरेका सगरमाथालगायत हिमाललाई जोडेर पछिल्लो समय गलत प्रचार भइरहेको भन्दै त्यस्ता हल्लाको विश्वास नगर्न अपिल गर्नुभयो । मुलुकको पर्वतारोहणलाई व्यवस्थित र सुरक्षित बनाउन विभागले सरोकार भएका निकायसँग समन्वय र छलफलका साथ अघि बढ्ने उहाँले बताउनुभयो । सन् २०१९ को वसन्तकालीन मौसम सम्पन्न भइसकेको र यस वर्षका अन्य मौसमका पर्वतारोहणसम्बन्धी कार्यहरु के कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा विभाग गहन ढङ्गले अघि बढेको जनाएको छ । नेपालको पर्वतीय पर्यटनलाई कसरी विश्वकै व्यस्थित र सुरक्षित बनाउने भनेर यस क्षेत्रमा विद्यमान समस्याको अध्ययन गरी समस्या समाधानका लागि सुझाव पेश गर्न गठित समितिले कार्यारम्भ गरिसकिएको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।
Categorized in राष्ट्रिय