STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सङ्घीय सरकारसँग स्थानीय तहका माग

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

जिल्लाका स्थानीय तहहरूले केन्द्र सरकारसँग थुप्रै  योजनाका माग गरेका छन् । जिल्लाका सात स्थानीय तहले थुपै्र योजनाका लागि बजेट उपलब्ध गराउन राखेर केन्द्र सरकारलाई अनुरोध गरी पठाएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताउनुभयो ।
छेडागाड, नलगाड र भेरी नगरपालिका तथा कुशे, जुनिचाँदे बारेकोट र शिवालय गाउँपालिकाले आ–आफ्ना क्षेत्रको खानेपानी, तामा तथा फलाम खानी सञ्चालन, सडक तथा सुरुङ मार्ग निर्माण, विमानस्थल निर्माण र उद्योग सञ्चालन सिँचाइलगायत योजना प्रस्तुत भएका उहाँको भनाइ थियो ।  
नेपाल सरकारको आगामी आव २०७६÷७७ का लागि बन्ने नीति तथा कार्यक्रममा ती विकासका योजनाहरु समावेश गराउन उक्त समितिमार्फत सङ्घीय सरकारसँग माग गरिएको हो  । 
Categorized in राष्ट्रिय