STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सञ्चारकर्मीमाथि अदालतमा भएको दुर्व्यवहारप्रति पत्रकार महासंघको आपत्ति

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक ३०, मंगलबार

काठमाडौं, सोमबार, कात्तिक २९ - नेपाल पत्रकार महासंघले सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीमाथि समाचार संकलनका क्रममा भएको अवरोध र दुर्व्यवहारप्रति आपत्ति जनाएको छ ।

महासंघले सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै भइरहेको विरोध कार्यक्रमको समाचार संकलनका क्रममा पत्रकारहरूलाई अदालत र प्रहरी प्रशासनबाट अवरोध र दुर्व्यवहार गरिएको भन्दै विज्ञप्ति निकालेर विरोध जनाएको हो ।

महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा यस्तो कार्य संवैधानिक स्वतन्त्रता र अधिकारमाथिको हस्तक्षेप भएको उल्लेख गरिएको छ । ‘महासंघ पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गरी निर्वाध र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै विज्ञप्तिमा सर्वोच्चमा देखिएको गतिरोधप्रति चासो र चिन्तासमेत प्रकट गरिएको छ । सोमबार पनि सुरक्षाकर्मीले सञ्चारकर्मीमाथि सर्वोच्च परिसरमा समाचार संकलनमा अबरोध र दुर्व्यवहार गरेका थिए ।

Categorized in राजनीति