STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्न नेपाल मिडिया अवार्ड हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ मङ्सिर २५, आइतबार

नेपालको पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा पत्रकारिता गरिरहेका दस हजार बढि पत्रकारलाई प्रोहत्सान एवं सम्मान गर्ने उद्देश्यका साथ  'दोस्रो नेपाल मिडिया अवार्ड २०७९' आयोजना हुने भएको छ । यस अवार्डका आयोजक ड्रिम हाइ नेपालले जानकारी गराए अनुसार आगामी माघ १४ गते चन्द्रागिरी हिल्स रिसोर्टमा  अवार्ड समारोह हुने भएको छ । अवार्ड समारोहमा नेपाल सरकारका बिशिष्ट व्यक्तिं र २०० जनाभन्दा बढि पत्रकारको उपस्थिति रहने तयारीका साथ अवार्ड समारोहको आयोजना गर्ने  ड्रिम हाई नेपालको योजना रहेकोछ ।

पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा काम  गरिरहेका दस हजार बढि पत्रकारलाई प्रोहत्सान गर्ने उद्देश्यका साथ दोस्रो पटक नेपाल मिडिया अवार्ड २०७९ आयोजना गर्न लागिको कुरा ड्रिम हाई नेपालका सञ्चालक कमल जिसीले बताए । पहिलो सिजनमा भएका कमि कमजोरीहरु सच्याउँदै यसपटक विवाद रहित बनाउन लागि परेको सञ्चालक जिसी बताउँछन् । अवार्ड पारदर्शी बनाउन नेपाल मिडिया अवार्डमा सहभागी हुन चाहने पत्रकारले आफ्नो र कार्यरत मिडियाको परिचय खुल्ने गरी प्रसारण र प्रकाशन भएका सामाग्री dreamhighnepal@gmail.com मा पठाउन आव्हान गरिएको छ ।

कुल २५ विधामा वितरण गरिने अवार्डमा भाग लिन चाहने सम्पुण पत्रकारहरुले आफ्नो स्टोरी सहित ड्रिम हाई नेपालमा सम्पर्क गर्न सञ्चालक जिसीले आग्रह गरेका छन् । २५ मध्ये यसवर्ष विभिन्न १० विधामा नगदसहित ट्रफी र प्रमाणपत्र र एक जना बरिष्ठ पत्रकारलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड समेत प्रदान गरिनेछ । मिडिया अवार्डमा सहभागी हुन चाहने देशैभर कार्यरत पत्रत्रकारहरुले पौष २० गते भित्र अाआफ्ना प्रकाशित तथा प्रसारित सामाग्री इमेलमा पठाई सक्नु पर्नेछ ।

टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षयताको प्रकाशन र प्रसारण भएका सामाग्रीलाई सञ्चार विज्ञसहितको ३ सदस्यीय निर्णायक टिमले छनोट गरिने कुरा आयोजकले जनाएको छ ।

गत बर्ष लाइफ इन्सुरेन्स नेपाल (एलआईसी) मुख्य प्रायोजक रहेको नेपाल मिडिया अवार्डमा यसबर्ष पनि थुप्रै कर्पोरेट हाउससँग प्रायोजनको लागि सम्झौताको तयारी भैरहेको बताइएकोछ । अवार्ड समारोहलाई भव्य र सभ्य बनाउन कुनै पनि कमिकमजोरी नराखिने आयोजक संस्थाको तयारी छ ।

Categorized in राष्ट्रिय