STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी’ को म्युजिक भिडियो को प्रिमियर सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ पौष १४, बुधबार

 

सञ्चार जगतमा सकृय रहँदै आउनु भएकी सञ्चारकर्मि गीता अधिकारी गीतकार का रुपमा पनि परिचय बनाउनु भएकी प्रतिभा हुनुहुन्छ भने बुधबार उहाँ को  नयाँ गीत ‘श्वास फेरी…’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

सञ्चारकर्मि एवं गीतकार   गीता अधिकारीको सभापतित्वमा सम्पन्न भएको गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार योगेशकाजी साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरे लगायतले गीत राम्रो बनेको र गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

राजु गिरी निर्देशन सल्लाहाकार रहेको सो गीतको भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफि रहेको छ । गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतले अभिनय गर्नु भएको छ । यमबहादुर चौधरीको छायाँकन रहेको भिडियोमा शोखिन तिम्लिसीनाको सम्पादन र सरिता पुरीको शृंगार छ । 

निर्देशक तथा सञ्चारकर्मी माधव खरेलले सहजिकरण गरेको कार्यक्रममा मोडल लिगेश भट्टराई, एरेञ्जर तथा संगीतकार राजेन्द्र बजगाईं, गायक तथा संगीतकार सुरज पौडेल, हिमालय टाइम्स दैनिकका उपसम्पादक सन्दीप पौड्याललगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

गीता अधिकारीको गीतकार का रुप यसअघि आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् भने नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको उहाँले बताउनुभयो । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

Categorized in साहित्य-कला