STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सडकलाई प्राथमिकतामा राख्नुपर्छ ः मन्त्री विश्वकर्मा

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ९, सोमबार

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सडक पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेर स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट गरी बजेट बाँडफाँड गर्नुभएको छ । कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा पूर्वाधार विकास कार्यक्रमको चालू आवको रु छ करोड बजेटबाट पोखरा महानगरपालिकामा १० योजनामा रु एक करोड ५० लाख तथा अन्नपूर्णमा १० र माछापुच्छ«े गाउँपालिकामा ११ योजना छनोट गरी दुवै पालिकामा रु दुई करोड २५ लाख बजेट विनियोजन गरिएको छ । मन्त्री विश्वकर्माले योजना छनोट गर्दा सडक पूर्वाधार तथा सिँचाइ आयोजना निर्माणलाई प्रमुख प्राथमिकतामा राख्नुभएको छ । महानगरपालिकाअन्तर्गत छनोट भएका १० योजनामध्ये जैसीचौर खुट्टाको गौडा सडक स्तरोन्नतिका लागि रु ५० लाख, चिसापानी खोला बाटो निर्माण पोखरा–६ मा रु १५ लाख र प्रगतिमार्ग सडक पोखरा–५ लाई रु १३ लाख बजेट विनियोजन गरिएको छ । काउरे पोखरी–नेटा पोखरी ग्रामीण सडक पोखरा–१९, लामापाटा ग्रामीण सडक पोखरा–१९, विश्वकर्मा कल्याण समाज बहुउद्देश्यीय भवन पोखरा–१८, कन्यामार्गमा ढल निर्माण पोखरा–३, शाही टोलमा खानेपानी योजना पोखरा तथा पोखरा–६ को गैरा चौतारामाथि जाने सडक स्तरोन्नति योजनालाई रु १० लाख बजेट विनियोजन गरिएको छ । माछापुच्छ«े गाउँपालिका–२ को वडा कार्यालयबाट रातोपानी, भलाबोट, गाउँपालिका केन्द्र–भिडाबारी–गैरीगाउँ धिताल धम्पुस सडक तथा मर्दी समिबगर हुँदै आनन्दढाँटी सैँती घट्ट सडक स्तरोन्नतिका लागि रु ५० लाखका दरले बजेट विनियोजन भएको छ । हिरीवगर नागी कालिमाटी सडक, टुटुङ्गा–ल्वाङ कोलेली सडक विस्तार, घट्टेखोला पिपलडाली देउराली मोटरबाटो स्तरोन्नति, उदिन ढुङ्गादेखि ठूली कुवासम्मको सडक स्तरोन्नति, छहराकुनादेखि मुरीसम्मको सिँचाइ नहर निर्माण, घारी भुर्जुङखोला सिँचाइ नहर र ढावापुल–धनगौडा सडक खण्डको खरीबोट र धनगौँडा सडक स्तरोन्नतिका योजनालाई प्रतियोजना रु १५ लाखका दरले बजेट विनियोजन गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी चुउनीपहरा हुँदै कलुवापोखरी शिवमार्ग ग्रामीण सडक तथा वडा नं ६ को ठोट्ने खोला ढाके सोक्जुङ्गा सडक स्तरोन्नति योजनाका लागि रु ५० लाखका दरले बजेट छुट्टाइएको छ । लक्ष्मी देउराली धारापानी रानीथोक सडकलाई रु १५ लाख, बगालेटोल बस्ती संरक्षण तथा पहिरो नियन्त्रण, प्रगतिशिल मावि खेलमैदान निर्माण, अभिमान मेमोरियल विद्यालय खेलमैदान, लान्द्रुक–तोल्का–आलुखोर–पोथना सडक, वनठाँटी मौरे ट्रेक पर्यटकीय मार्ग तथा प्रुम्धु क्युमे ग्रामीण सडक योजनाका लागि रु १० लाखका दरले बजेट विनियोजन गरिएको मन्त्री विश्वकर्माले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय