STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १६, बिहिबार

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा छ । सामाजिक–सांस्कृतिकरुपमा तिनाउ गाउँपालिका–४ सत्यवतीस्थित सत्यवती ताल क्षेत्रको महत्वको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । सत्यवती ताल क्षेत्र पहाडको टुप्पोमा फैलिएको छ । ताल क्षेत्र वरपर बाजे र बज्यैको मन्दिर छ । घनाजङ्गलको बीच भागमा रहेको ताल यस क्षेत्रको पर्यटकीय गन्तव्य हो । गर्मी महीनामा चिसो हावापानीले ताल क्षेत्रमा जोकोहीलाई पनि लोभ्याउन सकिन्छ । पर्यटकीय गन्तव्यका रुपमा सम्भावना बोकेको सत्यवती ताल क्षेत्रमा प्रचारप्रसार र भौतिक पूर्वाधारको अभाव रहेको छ । सत्यवती ताल क्षेत्रमा बाजेबज्यैको मन्दिरले झनै यसको महत्व बढाउन सहयोगी बनेको छ । बज्यैले कानले नसुन्ने हुँदा देवीसँग रातिमा चिच्याएर वर माग्नुपर्ने बाध्यता छ । चिच्याएर बर माग्ने अनौठा प्रकारको चलन नेपालको लागि नौलो हो । पछिल्ला वर्षमा चिच्याएर बर माग्ने मेला यहाँको सबैभन्दा आकर्षक पक्ष हो । नौलो र अनौठो प्रकारको धार्मिक मेलाका कारण यहाँ पर्यटक आउने क्रम वर्षेनी बढ्दो छ ।
Categorized in राष्ट्रिय